काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय विरुद्ध प्रदर्शन गरिएको छ ।आज राष्ट्रिय युवा संघले महान्यायाधिवक्ताको कार्यालयले गरेको उक्त निर्णयको विरोध गर्दै प्रदर्शन गरेको हो ।प्रदर्शनका क्रममा सहभागीहरूले कानुनको शासन कमजोर बनाउने कुनै पनि निर्णय स्वीकार्य नहुने बताएका छन्। उनीहरूले अहिलेको सरकारको दबाबमा मुद्दा फिर्ता लिने कामले गलत सन्देश जाने उल्लेख गर्दै निर्णय तत्काल खारेज गर्न माग गरेका छन्।

रवि मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको काठमाडौंमा प्रदर्शन







