काभ्रे।जिल्लास्थित खानीखोला गाउँपालिकामा कार्यरत प्रहरी हवल्दार रामकृष्ण खड्का (३५) सोमबार दिउँसो भीरबाट लडेर मृत्यु भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार, खड्का गाउँपालिकाको प्रहरी चौकी फलामेटारमा कार्यरत थिए। उनी बिहान करिब १० बजेको समयमा कार्यालयको कामका सिलसिलामा चौकीबाट निस्केका थिए।
दिउँसो साढे ३ बजेतिर गोरेटो बाटोबाट करिब २५ फिट तल खसेको अवस्थामा उनी फेला परेका थिए। प्रहरीका अनुसार, मृतक खड्काको स्थायी घर दोलखा जिल्ला हो।प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका अधिकारीहरूले बताएका छन्।









