काठमाडौँ,  नेपालमा सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना घटेको प्रेस काउन्सिलले जनाएको छ। काउन्सिलले आज जारी गरेको प्रेस विज्ञप्तिमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा गरिएको अभिलेखनको विवरण प्रस्तुत गरिएको छ।

विज्ञप्तिअनुसार सबैभन्दा धेरै ५० घटना धम्की र दुर्व्यवहारका रहेका छन्। त्यस्तै आक्रमण तथा कुटपिटका ३७, पेशागत असुरक्षा १५, कब्जा/अवरोध ९, पक्राउ प्रयास ५, शङ्कास्पद मृत्यु २, नीतिगत बन्देज २ र लैङ्गिक हिंसा एक घटना घटेको छ।

ADVERTISEMENT

प्रदेशअनुसार हेर्दा सबैभन्दा बढी घटना बागमती प्रदेशमा ६२, मधेसमा २७, सदरपश्चिममा ८, कोशीमा ७, लुम्बिनी र गण्डकीमा ६/६ र कर्णालीमा ५ घटना भएका छन्।

लैङ्गिक आधारमा विश्लेषण गर्दा १९० पुरुष र १० महिला पत्रकार/सञ्चारकर्मीलाई प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोध गरिएको देखिएको छ। विज्ञप्तिमा उल्लेख छ कि यस अवधिमा प्रेस स्वतन्त्रताको दुरुपयोगका १० घटना पनि घटेका छन्।