लहान। कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लहान नगरपालिका वडा नं. ५ का विपन्न, गरिब तथा दलित समुदायलाई जाडोयाम लक्षित फाइबर सिरक वितरण गरेको छ।
बैंकको लहान शाखामार्फत सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत मधेश प्रदेश प्रमुख श्याम चवाईंले स्थानीय बासिन्दालाई फाइबर सिरक हस्तान्तरण गरेका छन् । कार्यक्रमले जाडो मौसममा कमजोर वर्गलाई राहत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
सिरक पाएपछि स्थानीय बासिन्दाले खुशी व्यक्त गर्दै बैंकको मानवीय पहलप्रति धन्यवाद र आभार प्रकट गरेका छन्। कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका वडा नं. ५ का वडाध्यक्ष, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि सरोकारवाला निकायसँगको सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।





