काठमाडौं – भदौ २३ र २४ का घटनाको छानबिन गर्न बनेको जाचबुझ आयोगका अध्यक्ष गौरी बहादुर केसीले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने औपचारिक पत्र काट्ने तयारी गरेको बताएका छन् ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूमाझ आयोगले  केपी शर्मा ओलीलाई बोलाउने तयारी गरेको बताएका छन्। ओलीले निरन्तर आफु आयोगमा बयान दिन नजाने बरु आफ्नो गुन्डुस्थित घरमा आए चिया खुवाएर पठाउने बताउदै आएका छन्। यसै सन्दर्भमा ओली आएनन भने के गर्नु हुन्छ भन्ने संचारकर्मीको जिज्ञासामा उनले भने, “ओलीलाई बोलाउने क्रममा छौं। यदि आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ। अब हामी उहाँलाई औपचारिक पत्र पठाउने तयारीमा छौं।”

ADVERTISEMENT

उनका अनुसार, निवर्तमान गृहमन्त्री रमेश लेखकको बयान सकिएको छ र आयोगले उनीमाथि लगाएको स्थान हद फुकुवाको प्रक्रिया अघि बढाउने तयारीमा छ।

ADVERTISEMENT

कार्कीका अनुसार आयोगले थपिएको एक महिनाको समयसीमा भित्र आफ्नो प्रतिवेदन बुझाउने जिकिर गरे।