काठमाडौं । सिद्धार्थ बैंकले २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ । यो अफर बिहीबारदेखि २३ जनवरी २०२६ सम्म लागू हुनेछ ।

अफरमा स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्ध शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

ADVERTISEMENT

दोस्रो वर्षदेखि वार्षिक शुल्क छुट पाउन ग्राहकले प्रत्येक अघिल्लो वर्षमा कम्तीमा तीनपटक क्रेडिट कार्डमार्फत कारोबार गरेको हुनुपर्नेछ । यो महिना जारी गरिएका क्रेडिट कार्डको हकमा भने एक महिनाभित्र कम्तीमा तीनवटा कारोबार गर्दा दोस्रो वर्ष लाग्ने शुल्क छुट हुने जनाइएको छ ।