काठमाडौं । सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिईओ) नियुक्ति गरेको छ । बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रामेश्वर प्रसाद बस्याललाई नियुक्ति गरेको हो ।
बैंकले सिईओ सुन्दर प्रसाद कडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गते बाट समाप्त हुने भएको हुँदा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागु हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।








