काठमाडौं । नेपाल बैंक लिमिटेडले सेयरधनीलाई गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, कम्पनीले आर्थिक वर्ष २०८१ /०८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।












