काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश् नदिने भएको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसरा उक्त निर्णय गरेको हो ।
साथै, कम्पनीले सोही बमोजिमको वित्तीय विवरण वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पेश गरी आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेकमे कम्पनीले एक सूच्नामार्फत जानकारी दिएको छ ।












