काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको पुस ३ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

साथै, आर्थिक वर्ष २०८१ /०८२ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् सोही बमोजिम संस्थाको आगामी हुने वार्षिक साधारण सभामा स्वीकृतार्थ पेश गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT