अष्ट्रेलिया, सिड्नीको बन्डी बीचमा आइतवार साँझ भएको गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। मृतकमध्ये १० वर्षीया बालिका, एक ब्रिटिश जन्मेका रब्बी, अवकाशप्राप्त प्रहरी अधिकृत र होलोकास्ट बाँच्न सफल व्यक्ति पनि रहेका छन्। गोलीकाण्ड हनुक्का कार्यक्रमको समयमा भएको थियो।

स्थानीय प्रहरीले आक्रमणकारी बाउ छोरा भएको पुष्टि गरेको छ। स्थानीय मिडियाका अनुसार ५० वर्षीय सजिद अक्रम र उनका २४ वर्षीय छोरा नविद अक्रम ले आक्रमण गरेका हुन्। घटनास्थलमै सजिद अक्रमको मृत्यु भएको छ भने उनका छोरा नविद अक्रम गम्भीर अवस्थामा अस्पतालमा छन्।

ADVERTISEMENT

पुलिसका अनुसार दुबैजनाले कानूनी हतियार प्रयोग गरेका थिए। सजिदसँग खेलकुद र शिकारका लागि प्राप्त बन्दुकको लाइसेन्स रहेको थियो।

गोलीकाण्डका क्रममा अहमेद अल अहमेद नामका एक बाइस्ट्यान्डरले एक आक्रमणकारीको बन्दुक झिक्ने साहसी प्रयास गरे। उनलाई चार–पाँच ओटा चोट लागेको थियो, तर यसले अन्य धेरै जनाको ज्यान जोगाएको बताइएको छ।

ADVERTISEMENT

प्रधानमन्त्री एन्थोनी अल्बानेसे ले यस घटना आतंकवादी हमला भएको भन्दै हतियार कानुन कडा पार्ने योजना अघि बढाउने घोषणा गरेका छन्। उनले राष्ट्रिय क्याबिनेटसँग मिलेर नयाँ कानून निर्माण गर्ने बताए।

आक्रमणकारीहरूले इस्लामिक स्टेट समूहमा वफादारी जनाउने संकेत गरेका थिए। घटनापछि अष्ट्रेलियाको सुरक्षा एजेन्सी ASIO ले उनीहरूको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ।