काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा पुस २३ गते आम्रपाली ब्याङ्क्वेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजे बस्ने आव्हान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश सेयरधनीहरूमा वितरण गर्नेछ ।

सभाले गत आवको वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।

ADVERTISEMENT

सभाले चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, आवश्यकता अुनसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

ADVERTISEMENT

साथै, साधारणसभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT