काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आसन्न १५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भएका थिए । पछिल्लो समय कांग्रेसभित्र आगामी नेतृत्वका लागि बहस चलिरहेका बेला भण्डारीले नेतृत्वको चाहना गरेका हुन्।

महाधिवेशन नजिकिँदै गर्दा नेता भण्डारीले बुधबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो उम्मेदवारीको मनसाय स्पष्ट पारेका हुन्।

ADVERTISEMENT

‘नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित। तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु,’ उनले लेखेका छन् ।

ADVERTISEMENT

भण्डारीले आफ्ना शुभेच्छुक तथा कार्यकर्ताहरूको सुझाव, समयको माग र राजनीतिक माहोललाई सम्मान गर्दै कदम चाल्नुपर्ने आवश्यकता ठानेका छन्।

भण्डारीले १४औं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिएका थिए । तर उनी पराजित बने । भण्डारीले शेखर कोइरालाको प्यानलबाट उम्मेदवारी दिएका थिए । अहिले उनी कोइराला प्यानलमै छन् । तर पनि उनले सभापतिमा उठ्ने घोषणा गरेपछि कोइराला समूहमा तरंग सिर्जना भएको छ ।

ADVERTISEMENT

भण्डारीले लेखेका छन्–
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित १ तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ।