धनगढी । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका–३ घर भएका जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा मृत भेटिएका हुन्।

चितवन दरबन्दी भएका बोहरा डडेलधुरामा कार्यरत थिए। उनी अमरगढी नगरपालिका–५ स्थित ऋषि खोला सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत भेटिएको डडेलधुरा प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रहरी स्रोतका अनुसार घटनाअघि बोहराले झुन्डिन लागेको तस्बिर आफ्नी श्रीमतीलाई पठाएका थिए। श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले उनको खोजी थालेको थियो।

ADVERTISEMENT

खोजीका क्रममा बोहरा सामुदायिक वनमा मृत अवस्थामा भेटिएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।