काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै दुई कम्पनीलाई जरिवाना गरिएको छ। महानगर प्रहरीले चेतन इन्जिनियरिङ प्रालि र KEI Industries Ltd  लाई जनही  ५ लाखका दरले जरिवाना गरेको हो।

भूमिगत लाइन बिछ्याउने कार्यका क्रममा सडक संरचना तथा अन्य सार्वजनिक सम्पत्तिमा अनियमित र लापरवाह ढंगले क्षति पुगेपछि दुवै कम्पनीविरुद्ध कारबाही अघि बढेको हो । महानगर प्रहरी बलले निरीक्षण तथा अनुगमनपछि क्षतिको मूल्यांकन गरी जरिवाना निर्धारण गरेको जनाएको छ।

ADVERTISEMENT