काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
काठमाडौँ उपत्यकामा आज दिनभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ ।
मौसमविद् विनोद पोखरेलले बुधबार र बिहीबार मौसम चिसो हुने र शुक्रबारदेखि घमाइलो हुने बताएका छन् । आकाशमा बादल लागे पनि तत्काल वर्षाको कुनै सम्भावना नरहेको उनको भनाइ छ ।







