काठमाडौँ, — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई महत्वपूर्ण खेल हुँदैछन्।
पहिलो खेल बिहान ११:४५ बजे देखि सुरु हुनेछ, जहाँ साविकका विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्। लगातार चार खेलमा पराजित भई पुछारमा रहेको जनकपुरले आजको खेल जितेर प्लेअफको सम्भावना गणितीय रूपमा जोगाइराख्ने लक्ष्य राखेको छ। चार खेलमध्ये दुई खेल जितेको चितवनले भने अर्को जितसँगै प्लेअफ यात्रा थप सहज बनाउन खोजेको छ।
दोस्रो खेल अपराह्न ४:०० बजे हुनेछ, जसमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्नेछन्। दुवै टोलीका लागि यो खेल प्लेअफ प्रवेशका हिसाबले निकै महत्त्वपूर्ण छ। चार खेलमा एक जित मात्र दर्ता गरेको पोखराले आजको खेल जिते प्लेअफमा प्रवेश गर्ने सम्भावना जीवित रहनेछ।






