ललितपुर । असेज वाव संस्थाद्वारा ललितपुर महानगरपालिका वडा नम्बर २७, सुनाकोठीमा प्लास्टिकमुक्त गोष्ठी सम्पन्न भएको छ।

ख्रिस्टियन धर्मप्रति आस्थावान परमेश्वरको मण्डली जागिरे युवाहरूको स्वयंसेवक समूह असेज वावले आइतबार सुनाकोठीमा प्लास्टिकमुक्त गोष्ठी सम्पन्न गरेको हो ।

सन् २०४० सम्म प्लास्टिक प्रदूषणलाई अन्त्य गरौं भन्ने मूल नाराका साथ भएको उक्त गोष्ठी सम्पन्न भएको हो । वडाध्यक्ष कृष्णहरि महर्जनले युवाहरूले चालेको यो कदम अत्यन्तै सराहनीय भएको र भविष्यमा पनि असेज वावले गर्ने कार्यहरूमा वडाले सधैँ साथ समर्थन जनाउने  बताए ।
असेज वावका संयोजक जय महर्जनले जागिरे युवाहरूले जीविकोपार्जन गर्न काम मात्र गर्ने नभई सम्पूर्ण जीवित प्राणीहरूको एकमात्र ग्रह पृथ्वीलाई बचाउन विभिन्न स्वयंसेवाका गतिविधिहरू गर्दै आएको बताए।

उनले प्लास्टिकमुक्त पृथ्वी निर्माण गरी वर्तमान र भावी पुस्तालाई स्वच्छ र स्वस्थ पृथ्वी हस्तान्तरण गर्नको लागि यो गोष्ठी आयोजना गरिएको जानकारी दिए।
गोष्ठीमा राष्ट्रिय गान, प्लास्टिक मुक्त बनाउनका लागि प्रेरित गर्ने गीत, असेज वावका गतिविधि श्रव्यदृश्य र प्लास्टिकले विश्वमा पुर्‍याएको असरसम्बन्धि प्रस्तुतिकरण  गरिएको थियो ।
गोष्ठीमा जनप्रतिनिधिहरूले असेज वाव प्लास्टिकमुक्त अभियान २०४० समर्थनयुक्त हस्ताक्षर पत्रमा हस्ताक्षर गर्नुभई प्लास्टिक प्रदूषण रोक्नको निम्ति एक्यबद्धता पनि जाहेर गरेका थिए । गोष्ठीमा महिला स्वास्थ्य स्वयंसेविकाहरू, वडाबासीहरू र असेज वावका सदस्यहरू समेत ७५ जनाको सहभागिता थियो ।
असेज वावमा आबद्ध रहेको परमेश्वरको मण्डली १ सय ७५ वटा देशहरूमा ७ हजार ८ सयवटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् ।
नेपालमा गत जुन महिनासम्म ५७ हजार ४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ४४,००० पटकभन्दा बढी गरिएको छ ।

परमेश्वरको मण्डलीले संयुक्त राष्ट्रिय अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको असेज वावका सदस्य रुपक घिमिरेले जानकारी दिए ।
वडा नम्बर २७ का वडाध्यक्ष कृष्णहरि महर्जनको प्रमुख आतिथ्यता भएको गोष्ठीमा ललितपुर जिल्ला समन्वय समितिका उप–प्रमुख रामलाल थिङ, वडा स्वास्थ्य कार्यान्वयन समितिका संयोजक रामदेवी महर्जन, सुनाकोठी स्वास्थ्य चौकीका सदस्य सचिव डिल्ली राम श्रेष्ठ, वडा नम्बर २७ विकास तथा सुशासन समितिका संयोजक निरोज महर्जन, हामी माया गर्छौं फाउन्डेसन नेपालका अध्यक्ष किशोर सामसोहाङ र असेज वावका संयोजक जय महर्जन लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।