काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी समूहलाई भेट्न अस्वीकार गरेकी छन् । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीलाई प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठका विषयमा ध्यानाकर्षण पत्र बुझाउन गएका जेनजीको एक समूहले प्रधानमन्त्री भेट्न नपाएको हो ।

प्रधानमन्त्रीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमै होहल्ला गरेका छन् । सुदन गुरुङ नेतृत्वको जेनजी समूह ध्यानाकर्षण पत्र बुझाउन प्रधानमन्त्री कार्यालय पुगे पनि प्रधानमन्त्रीले समय नदिएको उनीहरूको गुनासो छ ।

ADVERTISEMENT

यस्तै, मिराज ढुंगाना नेतृत्वको जेनजी समूह सिंहदरबारको दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएको छ । सोमबार प्रधानमन्त्री कार्कीलाई मागपत्र बुझाउन जानेक्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरू मागपत्र गेटमा टाँसेर फर्किएका हुन् ।

ADVERTISEMENT

जेनजी फ्रन्ट, जेनजी युनाइटेडलगायतले प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई हटाउन माग गरेका छन् । श्रेष्ठले आफ्नै श्रीमती र नातेदारलाई प्रधानमन्त्री सचिवालयमा सहसचिवसरह सुविधा पाउने गरी नियुक्ति दिएको तथ्य बाहिरिएपछि त्यसबारे सर्वत्र आलोचना भइरहेको छ ।

ADVERTISEMENT