काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.९३ अंकले घटेर २५६०.१५ बिन्दुमा पुगेर बन्द भएको हो ।
बिहीबार ३ सय २८ कम्पनीको १ करोड ४ लाख ४९ हजार २ सय ९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २ सय ९९ रुपैयाँ बराबर कारोबार भएको छ ।
बिहीबार १ सय १२ कम्पनीको सेयर मूल्य घटेको छ भने १ सय ३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार साहस उर्जाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४१ करोड ८० लाख रुपैयाँ संकलन हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ सय ७२ रुपैयाँ पुगेको छ ।
बिहीबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्म्क सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ९.०५ प्रतिशतले घटेको छ ।





