काठमाडौं । साहस ऊर्जा लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्रै सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले मंसिर २४ गते १२ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौं बिहान ११ बजे आव्हान गरेको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर १।१०५३ प्रतिशत नगद लाभांश ९करसहित० र लाभांश वितरण पछि कायम हुने चुक्ता पुँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरि प्रस्ताव पारित गर्नेछ ।
सभाले लेखा परिक्षण प्रतिवेदन, वासलात , नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालु आवको लागि लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सम्बन्धित निकायबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।






