दोलखा । दोलखाको रोल्वालिङ हिमशृंखलामा गएको भीषण हिमपहिरोमा परी हराइरहेका चारजनाको आज बिहान उद्धार गरिएको छ । उद्धार गरिएका सबैजना घाइते अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार, हाइअल्टिच्युड हेलिकोप्टरमार्फत दुईजना विदेशी तथा दुईजना नेपाली पथ प्रदर्शकलाई मंगलबार बिहान यलुङ री हिमालको आधार शिविर नजिकैबाट उद्धार गरिएको हो ।
हिमपहिरोस्थल नजिकैबाट चारजनालाई घाइते अवस्थामा हेलिकोप्टरले उद्धार गरेको उनले जानकारी दिए । हिमपहिरोमा परी एक विदेशीसहित तीनजनाको मृत्यु भएको छ ।




