काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजितकुमार शाक्य नियुक्त भएका छन्। सोमबार बसेको बैंकको ७३६औँ सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो।
यसअघि शाक्य नबिल बैंकको डेपुटी सीईओ र कामु सीईओको जिम्मेवारीमा थिए । सञ्चालक समितिले आगामी ३० दिनभित्र कार्यभार सम्हालिसक्ने गरी सीईओमा नियुक्त गरेको जनाएको छ। उनी नबिल बैंकको सिनियर डेपुटी सीईओ हुन्।
शाक्य एनआईसी एसियाकै पूर्वकर्मचारीसमेत हुन् । नबिल बैंकबाट तत्कालीन सीईओ अनिलकुमार शाह बाहिरिँदा उनलाई नै बैंकको कामु सीईओ बनाइएको थियो।
ज्ञानेन्द्र ढुंगाना सीईओ नियुक्त भएपछि उनी डेपुटी सीईओमै थिए। ढुंगाना पनि बैंकबाट बाहिरिएपछि मनोजकुमार ज्ञवाली सीईओ नियुक्त भए । शाक्य भने सिनियर डेपुटी सीईओको रुपमा कार्यरत थिए। अब उनी एनआईसी एसिया बैंकको सिइओ नियुक्त भएका छन् ।
एक वर्ष कार्यकाल बाँकी छँदै रोशनकुमार न्यौपाने एनआइसी एसिया बैंकको सिइओबाट राजीनामा दिएर हिँडेका थिए ।








