काठमाडौं । सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारी निर्णय कार्यान्वयनमा रोक लगाएको छ । आइतबार सर्वोच्च अदालतले राजदूत फिर्ता खारेज गर्दै अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदुत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । यो आदेशसँगै अब ११ देशका राजदूत फिर्ता हुनु नपर्ने भएको छ ।

ADVERTISEMENT

सरकारले अमेरिका, चीन, बेलायत, जापानलगायत ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो । सर्वोच्चको यो आदेशले सुशीला कार्की नेतृत्वको सरकारलाई ठूलो झट्का लागेको छ ।

राजदूत फिर्ता गर्ने सरकारको निर्णय कानूनसम्मत नभएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । यो मुद्दाको प्रारम्भिक सुनुवाइपछि नै सर्वोच्च अदालतले फिर्ताको निर्णय कार्यान्वयन नगर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

ADVERTISEMENT