काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। मंगलबार बिहान प्रतिनिधिसभा विघटनबारे रिट परेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताएका छन् ।

सरकार असंवैधानिक रहेको भनेर एउटा र प्रतिनिधिसभा विघटनविरूद्ध दुइटा रिट परेको र जुन अध्ययनकै क्रममा रहेको उनको भनाइ छ ।

ADVERTISEMENT

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत पूर्ण जलेको छ। त्यसकारण त्यसयता सर्वोच्चले नयाँ मुद्दा लिएको थिएन। मंगलबारदेखि सर्वोच्चले रिट लिने जनाएको थियो । पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने अवस्थामा सर्वोच्चले मंगलबारदेखि नयाँ मुद्दा हेरेर अघि बढाउन लागेको हो।

ADVERTISEMENT

नयाँ मुद्दा बढाउने भनेको पहिलो दिन नै सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरूद्ध मुद्दा परेको हो। जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो। प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए। एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको तीन दिनमै रिट परेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले तीन साताअघि नै सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध निवेदन पर्नसक्ने संकेत गरेका थिए । संविधानअनुसार पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री नियुक्त हुन पाउँदैन । त्यही व्यवस्थालाई टेकेर सर्वोच्चमा रिट परेको हो ।

ADVERTISEMENT