काठमाडौं । बिपी राजमार्गको विभिन्न खण्डमा लेदोसहितको पहिरो खसेको छ ।

बुधबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण बिपी राजमार्गको काभ्रे जिल्लाअन्तर्गत चौकीडाँडा, चारसयबेशी, डालाबेशी, बिरुवा डाँडा, बोक्सीकुना, नार्केलगायतको विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेकाले शुक्रबार बिहानदेखि दुईतर्फी अवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

ADVERTISEMENT

प्रहरी कार्यालय काभ्रेले उक्त सडकको अवरोध हटाउन समय लाग्ने जनाएको छ । प्रहरीले आवश्यक जानकारी लिएर मात्रै उक्त सडक खण्डमार्फत यात्रा गर्न आग्रह गरेको छ ।

ADVERTISEMENT

बिहिबार मात्रै जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला प्रहरी कार्यालय काभ्रेले बिहिबार साँझदेखि शुक्रबार बिहान ६ बजेसम्मको लागि उक्त सडक खण्डबाट यात्रा नगर्न सूचना जारी गरेको थियो ।

 

ADVERTISEMENT