काठमाडौँ । पुँजीबजार सुधार सुझाव कार्यदलको सिफारिस कार्यान्वयनको लागि कार्ययोजना बनेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कार्यान्वयन कार्ययोजना तयार गरेको हो ।

कार्ययोजनामा धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार प्रणाली कार्यान्वयन आउँदो कात्तिक मसान्तसम्ममा गर्ने समयसीमा तोकिएको छ । संगठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था तुरुन्त लागू गर्ने भनिएको छ ।

ADVERTISEMENT

लगानीकर्ताले दुई वा त्योभन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्था प्रक्रिया शुरू भइसकेकाले आउँदो कात्तिक १५ भित्र सम्पन्न गर्ने र धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले समयमै खरिद आदेश बमोजिमको रकम भुक्तानी गर्न नसकेमा वा धितोपत्र दलाल व्यवसायीले समयमा लगानीकर्तालाई भुक्तानी गर्न नसकेमा त्यो रकमबाट सृजित दायित्व वा प्रतिफल भुक्तानी सम्बन्धी व्यवस्थामा एकरुपता कायम गर्ने काम मङ्सिर १५ सम्ममा गरिने कार्ययोजनामा उल्लेख छ ।