काठमाडौं । मदन पुरस्कार गुठीले दुई सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
गुठीले केही समयअघि घोषित २०८१ सालका निम्ति ‘जगदम्बाश्री सम्मान’ नेपाली लोकगायन तथा लोकसंस्कृतिमा समर्पित सर्जक प्रेमदेव गिरीलाई प्रदान गरेको छ ।
यस्तै, ०८१ सालको मदन पुरस्कार ‘उरमाल’ उपन्यासका निम्ति कृतिका लेखक छुदेन काविमोलाई प्रदान गरियो । दुवै सम्मानर पुरस्कारका साथ चार\चार लाख रुपैयाँ नगद राशि समेत प्रदान गरियो ।
उक्त अवसरमा संस्कृतिविद् प्रा डा वीणा पौड्यालले विद्वत् प्रवचन प्रस्तुत गरेकी थिइन् ।
पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत सर्जक उपन्यासकार काविमो र लोककला सर्जक गिरीले आफ्ना धारणा राखेका थिए ।





