काठमाडौं । माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। भेपमार्फत् सुन तस्करी अनुसन्धानका लागि महरालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको उल्लेख गरेको छ।

महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गरिररहेको थियो। यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

ADVERTISEMENT

२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको नौ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप छ। उनले उक्त सुन छुटाउन पटकपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोग छ। सिआईबीले आठ करोड ५५ लाखको सुन तस्करी गरेको अभियोग लगाएको छ ।

माओवादी नेतृत्वकै सरकार भएकाले त्यसबेला उनी केही दिन पक्राउ परेर पछि छुटेका थिए । भेपमार्फत सुन तस्करी अभियोगमा उनका जेठा छोरा पनि अनुसन्धानको दायरामा छन् ।

ADVERTISEMENT