झापा । झापाको दमक नगरपालिका-५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ ।
स्थानीयवासीले आइतबार बिहान बन्दुक फेला परेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेला परेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ ।
उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए । एक दिनअघि झापामै ५५ थान गोली बरामद भएको थियो । जेनजी आन्दोलनमा नेपाल प्रहरीका विभिन्न कार्यालयबाट १५ सय हतियार लुटिएकोमा अझै ११ सय हतियार हराइरहेका छन् ।







