काठमाडौं, १९ असोज – काठमाडौं उपत्यकाबाट लामो दूरीका सवारी साधन सञ्चालनमा आज बिहानसम्म पनि रोक कायमै रहेको छ। उपत्यका बाहिरका सडक अझै सामान्य नभएकाले यातायात सेवा सुचारु हुन नसकेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाका सबै नाकाबाट लामो दूरीका गाडी आज नपठाइएको जानकारी दिनुभयो। अति आवश्यक बाहेकका कुनै पनि गाडीलाई आज बिहानसम्म बाहिर जान दिइएको छैन र उपत्यका भित्रिएका पनि छैनन्।

ADVERTISEMENT

यातायात व्यवसायीहरूलाई तत्काल टिकट बुकिङ गर्न समेत निषेध गरिएको छ। पहिले नै बसको टिकट काटेकाहरूलाई काउन्टरबाट रकम फिर्ता गराइएको बताइएको छ । सडक यातायात सहज भएपछि मात्र टिकट काट्न सुरु गर्न यातायात व्यवसायीहरूलाइ निर्देशन दिइएको छ ।

ADVERTISEMENT

वर्षा, बाढी र पहिरोका कारण सरकारले असोज १८, १९ र २० गतेसम्म सवारी साधनमार्फत काठमाडौं उपत्यका आउजाउमा रोक लगाउने निर्णय गरेको थियो।

 

ADVERTISEMENT