काठमाडौं, असोज १४ — दशैंको नवमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा परम्पराअनुसार बोका र राँगाको बलि दिइएको छ।

भगवतीको नाममा प्रत्येक वर्ष महाअष्टमी, महानवमी र चतुर्दशीका अवसरमा बलि दिने परम्परा रहँदै आएको छ। यसैक्रममा नेपाल सेनाका सैनिकहरूले देवी–देवताहरूलाई अर्पणस्वरूप बलि चढाएका हुन्।

ADVERTISEMENT

हनुमानढोका दरबारको मूलचोकमा दशैंको तीन दिनसम्म ५४/५४ वटा बोका र राँगा बलि दिने परम्परा कायम छ। दशैंलाई असलको जीत र खराबको हारको प्रतीक मानिन्छ।

ADVERTISEMENT

नवमीको दिन विभिन्न देवीमन्दिरहरूमा भैंसी, बोका, हाँस, राँगा र कुखुरा बलि दिने चलन रहँदै आएको छ भने केही भक्तजनहरूले प्रतीकात्मक रूपमा फलफूल र तरकारी अर्पण गर्ने प्रथा पनि छ।