काठमाडौं । बडादसैंको आठौ दिन अर्थात् महाअष्टमीका दिन मंगलबार बिहानैदेखि धार्मिक तथा ऐतिहासिक गोरखा कालिका मन्दिरमा दर्शन गर्ने र बलि दिनेको घुइँचो लागेको छ ।
गोरखकाली मन्दिरमा आज महाअष्टमीको अवसरमा सरकारी बलि दिउँसो २ बजेपछि सुरु हुने र त्यसपछि सर्वसाधारणले बोका, राँगा र भेडालगायतको बलि दिने खुल्ला गरिने छ ।
जिल्लाकै महत्वपूर्ण शक्तिपीठको रुपमा गोरखकाली मन्दिरलाई लिइने गरिन्छ । मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित काठमाडौँ, तनहुँ, चितवन र लमजुङलगायतका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन् ।
मनोकांक्षा पूरा हुने जनविश्वासका साथ मन्दिरमा पूजाआजासहित बलि चढाउने प्रचलन छ ।







