काठमाडौँ । तीन दिनदेखि पुर्णरुपमा बन्द भएका बजार पसल खुुल्न थालेका छन् ।
जेनजी पुस्ताले गरेको आन्दोलनका कारण बन्द भएका पसल नेपाली सेनाले बुधबार रातीदेखि निषेधाज्ञा र कर्फ्युलाई आशिंकरुपमा खुकुलो बनाएसँगै बिहिबारदेखि क्रमश खुल्न थालेका हुन ।

बजार पसल खुल्न थालेपछि जनजीवन समेत सामान्य बन्दै गएको छ । आज बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी सात बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्युलाई निरन्तरता दिइएको छ । शुक्रबार बिहानै खाद्य तथा किराना पसल सामान किन्ने ग्राहकको भीड लागेको छ ।

ADVERTISEMENT

अत्यावश्यक कामको लागि आवतजावत गर्न आज बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी पाँच बजेदेखि सात बजेसम्म निर्धारण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निषेधाज्ञा तथा कर्फ्युको दौरान समेत अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यासलगायतको इन्धन, दूध, तरकारी, पानी, सञ्चारप्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने गाडीहरू सञ्चालन गर्न सकिनेछ ।

ADVERTISEMENT

कफ्र्यु र निषेधाज्ञाका कारण ठप्प रहेको उपत्यकाको जनजीवनलाई सेनाले खुुकुलो बनाउदै लगेपछि बजार पसलमा चहलपहल बढ्न थालेको छ । भित्रि स्थानमा रहेका पसल पुर्णरुपमा खुुला भएपनि मुख्य सडकमा रहेका पसल भने बन्द नै रहेका छन ।
विशेष गरी खाद्य तथा किराना, औषधी पसल, तरकारी पसल, ग्यास पानी, दुग्ध डेरी पसल, विग मार्ट लगायतका पसल खुुलेका छन । पसल खुुला भएपछि बिहानैदेखि खाद्य तथा किराना पसलमा सामान खरिद गर्ने उपभोक्ताको भीडभाड लागेको थियो ।
नेपाल खुुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्रचार्यले खाद्य तथा किराना पसल बिहाने देखि खुुला भएको जानकारी दिए ।उपभोक्ताले खाद्यान्न उपभोग गर्नुपर्ने भएकाले पनि पसल खुुला गरिएको उनको भनाई छ ।

तोकिएको समयमा खाद्य तथा किराना पसल पुर्णरुपमा खुला गरिएको उहाँले जानकारी दिए । यस्तै बिहिबारदेखि पेट्रोल पम्प पनि सवै खुुला हुुन थालेका छन् । भद्रकालीमा रहेको सेनाको रिपुमर्दिनी पेट्रोल पम्मसँगै निजी स्तरबाट सञ्चालित पेट्रोल पम्प खुुला छन् ।
राष्ट्रिय पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पम्पहरु खुुला भएको र निश्चित समय बैंक समेत खुुला गरेकाले पेट्रोलियम पदार्थको कारोबार गर्न सहज भएको जानकारी दिए ।
यस्तै नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले हरियो तरकारी उपत्यकामा भित्रिन थालेको जानकारी दिए । बिहानको समयमा सिन्धुली र नागढुंगामार्फत हरियो तरकारी आयात भइरहेपनि बजार पुर्णरुपमा नखुुलेका कारण खपत घटेको उनले जानकारी दिए ।
नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले अत्यावश्यक सेवामा दुुग्ध ढुवानीलाई पनि समावेश गर्न आग्रह गरेपछि बिहिबारदेखि तोकिएको समयभित्र ढुवानी गरिएको जानकारी दिए ।
उपत्यकामा दैनिक पाँच लाख लिटर दुुधको कारोबार हुने गरेकोमा जेनजीको आन्दोलनेले २० प्रतिशत कारोबारमा गिरावट आएको उनले जानकारी दिए ।
होटेल रेष्टुुरेन्ट,सरकारी तथा निजी कार्यलयका लगायतका सवै क्षेत्र बन्द भएका कारणले गर्दा दुुधको खपत घटेको उहाँको भनाई छ । भित्री स्थानमा रहेका चियाकफी र साना होटेल रेष्टुुरेन्टका पसल समेत खुल्न थालेका छन् ।
जेनजीले गरेको आन्दोलन कारण मंगलबारदेखि सेनाले कर्फु लगाएपछि ठप्प अवस्थामा रहेको थियो ।

बिहिबारदेखि भने उपत्यका जनजीवन क्रमश सामान्य अवस्थामा आउन थालेको छ । अत्यावश्यक सेवाका सवारी साधन चले पनि सार्वजनिक यातायात भने अनिश्चित कालका लागि बन्द रहेका छन् ।