काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको भैसेपाटीस्थित घरमा आगजनी भएको छ । घटनामा कोही मानवीय क्षति नभए पनि घरभित्र रहेका दुर्लभ सामग्री, पुस्तक र कलाकृति जलेर नष्ट भएका छन्।
गभर्नर पौडेलका अनुसार उक्त घर उनले योजना आयोगको उपाध्यक्ष बन्नुअघि छात्रवृत्ति र विदेशमा काम गरेर जम्मा गरेको आम्दानीबाट निर्माण गरेका थिए।
पौडेलले सामाजिक सञ्जालमार्फत् परिवार सुरक्षित भएको जानकारी दिएका छन्। उनका अनुसार आगजनीपछि श्रीमती र ९ वर्षीया छोरी नजिकैको घरमा आश्रय लिएका थिए भने उनी आफैं अर्को स्थानमा बसेका थिए।
आगो लगाइएका बेला केही व्यक्तिले ढुङ्गा प्रहार गर्ने र सामान लुट्ने कामसमेत गरेको स्थानीयले बताएका छन्। किताब र कपडा धेरै भएकाले घर लामो समयसम्म जलिरहेकाले क्षति ठूलो भएको जनाइएको छ।
गभर्नर पौडेलले आफूभन्दा बढी पीडामा परेका अन्य नागरिकप्रति संवेदना व्यक्त गर्दै घटनाबारे थप छलफल आवश्यक नरहेको टिप्पणी गरेका छन्। य
उनी २०८२ जेठ ७ गते ठूलो रस्साकस्सीपछि नेपाल राष्ट्र बैंकका १८औं गभर्नरको रूपमा नियुक्त भएका हुन्।






