काठमाडौं । अत्यावश्यक वस्तुसँगै दैनिक उपभोग्य वस्तुको मौज्दात प्रयाप्त रहेकाले बजारमा तत्काल अभाव नहुने भएको छ ।
जेनजीपुुस्ताले गरेको आन्दोलको कारण आपूर्ति व्यवस्था बन्द भएपनि सरकार र निजी क्षेत्रसँग खाद्यान मौज्दात प्रशस्त रहेकाले पनि अभाव नहुने भएको हो ।
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपाल आयल निगमसँगँ प्रयाप्तमात्रामा खाद्यान्न र पेट्रोलियम पदार्थको मौज्दात रहेको छ ।
यस्तै साल्ट्र टे«डिङ कर्पाेरेशनसँग समेत खाद्यान्नको मौज्दात रहेको । जेनजी आन्दोलनले उग्ररुप लिएपछि सरकारले मंगलबारदेखि करर्फु लगाएको छ । करर्फुका कारणले गर्दा पनि आपूूर्ति व्यवस्था ठप्प छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुचना अधिकारी माधव मिश्रले तीन लाख क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी दिए । कम्पनीको सवै डिपो कार्यलयमा रहेको गोदाममा खाद्यान्न मौज्दात रहेकाले आवश्यक परेको ठाउँमा तत्काल पठाउन सकिने उहाँले जानकारी दिए ।
कम्पनीको लहान कार्यलयमा रहेको खाद्यान्न मंगलबार लुटपाट भएको छ ।
साढे आठ हजार क्विन्टल चामल, तीन हजार दुई क्विन्टल चिनी र ५३ क्विन्टल धान लुुटपाट भएको कम्पनी लहान शाखा कार्यलयले जनाएको छ । लहान शाखा कार्यलयका सुचना अधिकारी अनिलकुमार महतोले प्रर्दशकारीसँगै आएका व्यक्तिले खाद्यान्न लुटेर कार्यलय समेत जलाएको जानकारी दिए ।
साल्ट्र टे«डिङ्ग कर्पाेरशनले तीन हजार मेट्रिक टन चिनी, पाँच हजार मेट्रिक टन चामल र एक लाख दुुई हजार मेट्रिक टन नुन मौज्दात रहेको जनाएको छ ।
यस्तै नेपाल आयल निमगले पनि प्रयाप्त मात्रामा पेट्रोलियम पदार्थको मौज्दात रहेकाले अभाव नहुुने जानकारी दिएको छ । निगमका नायव कार्यकारी निर्देशक नागेन्द साहले एक सातादेखि दश दिनलाई पुग्ने इन्धन मौज्दात रहेकाले इन्धन अभाव नहुने बताए ।
आन्दोलका कारण बजारमा सवारी साधन नचल्दा इन्धन खपत भएको छैन, उनले भन्ने‘स्थानीय निकायको समन्वयमा पुुलीस प्रशासनलाई निगमको डिपो कार्यलयबाट इन्धन वितरण भइरहेको छ ।’ डिपोमा सुरक्षाको प्रत्याभुति भए डिपोबाट इन्धन वितरण गर्न सकिने निगमले जनाएको छ । निगमको थानकोट, अमलेखगन्ज, नेपालगन्ज डिपोमा इन्धन मौज्दातपुर्ण रहेको निगमले जनाएको छ ।
मंगलबारदेखि करर्फु लागेपछि सवारी साधन आवतजावत नहुुँदा इन्धन खपत समेत हुुन सकेको छैन । प्रर्दशनकारीले निगमको टेकु कार्यलयले चलाएका छन । बबरमहलमा रहेको नयाँ कार्यलयमा सामान्य तोडफोड गरी आगो लगाएपनि आफैले फायरफाटिङ प्रयोग गरी आगो निभाउन सफल भएकाले ठुुलो क्षति हुुन नपाएको निगमले जनाएको छ ।
यस्तै राष्ट्रिय पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द प्रधानले पम्पहरुलाई बन्द गर्न नभनिएपनि सुरक्षाको दृष्टिले केही खुुला र केही बन्द रहेको जानकारी दिए । स्वतस्फूत पम्प खोलेर अत्यावश्यक सेवालाई इन्धन वितरण भइरहेको छ,उनले भन्ने‘ बैंक बन्द भएकाले इन्धन विक्रि गरेको रकम सुरक्षित तरिकाले राख्न समस्या परेको छ ।’
यस्तै खाना पकाउने एलपी ग्यास समेत प्रयाप्तमात्रमा मौज्दात रहेको ग्यास विक्रेता महासंघले जनाएको छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले विक्रेताको ग्यासको भरी रहेकाले तत्काल अभाव नहुने जानकारी दिए ।
निजी व्यवसायीसँग पनि प्रयाप्तमा मात्रामा खाद्यान्न मैज्दात रहेको बताएका छन । नेपाल चेम्बर अफ कर्मशका कार्यसमिति सदस्य देबेन्द्र भक्त श्रेष्ठले एक महिनालाई पुग्ने दाल, चामल, तेल लगायतका खाद्यान्न मौज्दात रहेकाले अभाव नहुने जानकारी दिए ।







