काठमाडौं ।  देशको नेतृत्व कसलाई दिने भन्ने विषयलाई लिएर जेन जीभित्र तीव्र बहस चलेको छ। बुधबार बिहान जेन जीका प्रतिनिधिहरू जंगी अड्डा पुगेपछि सेनाप्रमुख अशोकराज सिग्देलले १५ जनाभन्दा बढी उपस्थित भएको भन्दै “पहिले आपसमा सहमति गरेर आउनुहोस्, संयोजक तोक्नुस्” भनेर आग्रह गरेका थिए। त्यसपछि जंगी अड्डाकै एउटा कोठामा विस्तृत छलफल भएको थियो।

छलफलका क्रममा कतिपयले गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउँदै वैकल्पिक संरचना खोज्ने प्रस्तावसमेत गरेका थिए। त्यही कारण रक्षा बमसहितको समूह बैठकबाट बाहिरिएको स्रोतले जनाएको छ। तर अन्तिममा जेन जीभित्र बहुमतले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने सहमति गरेको हो।

ADVERTISEMENT

यसअघि मंगलबार बेलुकी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत जेन जीलाई सेना प्रमुखसँग वार्ताका लागि तयार रहन सुझाव दिएका थिए। तर, बुधबार दिनभर जेन जी युवाहरूले सामाजिक सञ्जाल डिस्कर्ड मा नेतृत्वको प्रश्नमा छलफल गर्दा कार्कीको पक्षमा बलियो मत देखिए पनि बालेन शाहको नाम पनि उल्लेखनीय रूपमा प्रस्तावित भएको थियो।

ADVERTISEMENT

युवाहरूको एक समूहले बालेन सम्पर्कमा नआएको गुनासो समेत गरेका छन्। तर,

प्रधानसेनापतिले भने जेन जीबीच एउटै साझा सहमति अनिवार्य भएको औंल्याउँदै, त्यसपछि मात्र राष्ट्रपतिसमक्ष औपचारिक प्रस्ताव पेस गर्न सकिने बताएका छन्।

ADVERTISEMENT