काठमाडाैं । साेमबार र मंगलबारकाे जेनजी आन्दाेलनका क्रममा काठमाडाैंसहित देशका सयाैं भाैतिक संरचना ध्वस्त भएका छन् ।
देशकै संघीय राजधानी काठमाडाैंमा रहेका मुख्य मुख्य सरकारी कार्यालय र छानीछानी व्यक्तिका घर जलाइए । नेतामाथि भाैतिक आक्रमण भए ।
आगजनीबाट हिल्टन होटेल, नक्साल भाटभटिनी, बालुवाटार प्रधनमन्त्री निवास, राष्ट्रपति भंवन शीतल निवास, सिंहदरबार, सर्वोच्च अदालत, सडक विभाग, संसद् भवन, यातायात व्यवस्थापन कार्यालय, सहकारी वकिल कार्यालयमध्ये अझ पनि केही ठाउँमा अझै पनि आगो बलिरहेको छ । सिंहदरबार र हाेटेल हिल्टन रातभर जलिरहे ।








default














