काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनको सुरक्षामा नेपाली सेनालाई खटाइएको छ ।

हिजो संसद भवनभित्रै प्रवेश गरेर केही युवाहरुले तोडफोड गरेका थिए । आज भने संसद भवन परिसरभित्रै सेना हतियारसहित बसिरहेका छन् । संसद भवन परिसर भित्र र बाहिर नेपाली सेनासहित सशस्त्र र नेपाल प्रहरीको टोली पनि खटाइएको छ ।

हिजो जेनजीको प्रदर्शनमा संसद भवनको पर्खाल तोडफोड भएको र केही प्रदर्शनकारीभित्रै प्रवेश गर्दा स्थिति तनावपूर्ण बनेको थियो । स्थिति सम्हाल्ने क्रममा प्रहरीले गोली चलाउँदा काठमाडौंमा मात्रै १७ जनाको ज्यान गएको थियो ।

ADVERTISEMENT

 

ADVERTISEMENT