काठमाडौं । हिजो सोमबार हिंसात्मक बन्न पुगेको जेन जी प्रदर्शनिसंगै आज बिहान पनि युवाहरु संसद भवन अगाडी भेला भएका छन् ।

नयाँ पुस्ताका युवा जेनजीहरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् ।
बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ । उनीहरुले तारबार व्यवस्थित गर्ने काममा व्यस्त देखिन्छन् ।

हिजो संसद भवनभित्रै प्रवेश गरेर केही युवाहरुले तोडफोड गरेका थिए । आज भने संसद भवन परिसरभित्रै सेना हतियारसहित बसिरहेका छन् ।

ADVERTISEMENT

१९ जना को ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनी सँगै काठमाडौं जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चित कालिन करर्फु लगाएको छ ।

ADVERTISEMENT