काठमाडौं । लोकप्रिय गायिका रचना रिमालले आफ्नो सामाजिक संजाल मार्फत आगामी पुस्ता अर्थात् जेन जी ले सुरु गरेको स्वतन्त्रता, अधिकार र भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै भावुक सन्देश सार्वजनिक गरेकी छिन्।

रिमालले सामाजिक सञ्जालमार्फत लेख्दै आफू पनि उक्त अभियानमा सहभागी हुन चाहेको तर हाल युरोपको सांगीतिक यात्रामा भएकाले उपस्थित हुन नसकेको स्पष्ट पारेकी छिन्। उनले भनिन्, “काठमाडौँमा राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय गीत गाउँदै युवाहरुको स्वतन्त्रता, अधिकार र भ्रष्टाचारविरुद्धको महान् अभियानमा सहभागी हुन मन छ, तर अहिले नेपाल पुग्न सकेकी छैन। भोलिपछि हुने अभियानमा भने मेरो सक्रिय सहभागिता रहनेछ।”

ADVERTISEMENT

यस्तै अर्को सन्देशमार्फत उनले जेन जी को जागरणलाई ऐतिहासिक क्षण भन्दै शान्तिपूर्ण तरिकाले अघि बढाउन आग्रह गरेकी छन्। “आज हाम्रो पुस्ता नयाँ अध्यायको सँधारामा छ। मौन र चुपचाप बस्ने पुस्ता होइन, यो पुस्ता देशको आवाज बनेको छ। आजको अभियान शान्तिपूर्ण रहोस्, कुनै पक्षबाट पनि दमन नहोस्,” रिमालले लेखेकी छन्।

ADVERTISEMENT

उनले राजनीतिक स्वार्थ पूरा गर्न अभियानलाई दुरुपयोग नगर्न चेतावनी दिँदै भनिन्, “यो पुस्ता देशको आवाज मात्र होइन, देशको शक्ति हो। विजयिनी भव।”

नेपालको स्वतन्त्रता, अधिकार र पारदर्शिताका लागि युवा पुस्ताले उठाएको आवाजलाई रचना रिमालले दिएको समर्थनले अभियानलाई थप ऊर्जा मिलेको धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्।

ADVERTISEMENT