काठमाडौं । सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्धप्रति, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि पत्रकार संघ संस्थाहरुले आइतबार माइतीघर मण्डलामा विरोध गरेका छन् ।

पत्रकारहरूले ‘सरकारले हान्यो पेटमा लात, खोसियो हाम्रो दाल र भात’, ‘सामाजिक सञ्जाल खुल्ला गर’, ‘नागरिकका आवाज थुन्ने होइन, सुन्ने हो’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।