काठमाडौं । एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ ।

उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्‍याएका छन् ।

ADVERTISEMENT

उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढंगले संवेदनशील बनाइएको जिकिर गरे ।

ADVERTISEMENT

ओलीले यसो भनिरहँदा महाधिवेशनस्थलमा भण्डारीको सन्देश भन्दै हजारौं चिठी वितरण भइरहेका छन् । आठदेखि दश हजार चिठी बाँड्ने लक्ष्य रहेको कार्यकर्ताहरूले बताएका छन् । भण्डारीले बिहीबार राति अपिल जारी गरेकी थिइन् । आज बाँडिएको चिठी पनि त्यही अपिल भएको बताइन्छ ।

भण्डारीले आफ्नो राजनीतिक भविष्य सिध्याउन नेतृत्व लागेकाले खुला ढंगले छलफल गर्न आग्रह गरेकी छन् । तर एमाले नेतृत्वले भण्डारीको सदस्यताबारे महाधिवेशनमा छलफल नै नचलाउने स्पष्ट पारिसकेको छ ।

ADVERTISEMENT