काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले २७ लाखको अक्षयकोष स्थापना भएको छ ।

मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार साँझ भएको बैठकले यस्तो निर्णय गरेको हो ।

ADVERTISEMENT

अक्षयकोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाख र परिवारका अन्य सदस्यले उक्त रकम प्रदान गरेका छन् ।

प्रत्येक वर्ष राष्ट्रकवि घिमिरेको जन्मजयन्तीको अवसर पारेर असोज ७ गते एकजना साहित्यकारलाई एक लाख नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिए । यसअघि कोषमा १६ लाख रुपैयाँ मौज्दात थियो ।

ADVERTISEMENT