भैरहवा । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट बिरामी मुसलमानको शनिबार बिहान ९ बजे हृदयाघातका कारण आफ्नै निवासमा निधन भएको हो ।

परम्परागत रूपमा शनिबार साँझ ५ बजे स्थानीय कब्रिस्तानमा उनको अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिए । सजरुद्दिन कांग्रेसबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित भएका थिए ।

ADVERTISEMENT

केही दिनअघि मात्रै उनी विदेश भ्रमणबाट फर्केका थिए । शनिबार बिहान छातीमा असजिलो महसुस भएपछि उनलाई अस्पताल लगिएको थियो ।

ADVERTISEMENT