काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ उपमन्त्री लिजुनबीच बिहीबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमतिअनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयनलगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।