काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारी चरणबद्ध आन्दोलनका क्रममा बुधबार बिहानदेखि नेपाली कांग्रेस पार्टी कार्यालयमा धर्ना बसिरहेका छन् ।

अघिल्ला सहमतिबमोजिम शिक्षा ऐन जारी गर्न दबाब दिने कार्यक्रमअन्तर्गत उनीहरु धर्ना बसेका हुन् । धर्ना कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म रहनेछ । त्यसपछि पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ ।

ADVERTISEMENT

बिहीबार बिहान एमालेको केन्द्रीय कार्यालय च्यासल र ३ गते माओवादी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा धर्ना हुने महासंघले जानकारी दिएको छ। यसअघि पनि महासंघले तीनवटै ठूला दलको कार्यालयमा धर्ना दिएको थियो । साथै, ज्ञापनपत्रसमेत बुझाएका थिए । तर आफ्ना माग सम्बोधनमा पहल नगरेको भन्दै वैशाखमा एक महिना सडक आन्दोलन गरेका थिए । फेरि दोस्रो चरणको आन्दोलनमा शिक्षक महासंघ छ ।

यसपटक प्याब्सन र एनप्याब्सन पनि आन्दोलित भएका छन् । उनीहरूले पहिलो चरणको आन्दोलन सकेका छन् । अब विद्यालय बन्दसम्मको कार्यक्रम घोषणा गरिसकेका छन् ।

ADVERTISEMENT