काठमाडौँ । तीजको दिन अरू वर्ष जस्तै यसपालि पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको ओइरो लागेको छ। श्रद्धालु महिलाहरू बिहानैदेखि पशुपति पुगेर लामो लाइन लागेका छन्।

पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि विभिन्न सुविधा दिएको छ । यसै क्रममा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ । मन्दिरको पश्चिम ढोका अगाडि वाष्पीकरण गराइएको हो।

अहिले परीक्षण गरिएको र पछि प्रभावकारी देखिएअरु बेला पनि प्रयोग गरिने बताइएको छ।
विगतमा तिजको दिन महिलाहरू गर्मीले ढल्ने बेहोस हुने गरेपछि यो उपाय अपनाइएको हो।

ADVERTISEMENT