काठमाडौं । सोमपाल कामी पाँच विकेट लिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृंखलामा दोस्रो जित निकालेको छ । बुधबार काजालिस एरिनामा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३४ रनको सामान्य लक्ष्य दिएको थियो । प्रत्युत्तरमा मेलबर्नले २० ओभरमा अल आउट हुँदा मात्र १०६ रन मात्रै बनायो ।

ADVERTISEMENT

सोमपालले चार ओभरमा १७ रन खर्चिएर पाँच विकेट लिए । कुशल भुर्तेलले दुई तथा शाहव आलम र रुपेश सिंहले समान एक विकेट हात पारेका थिए । दोस्रो इनिङ्समा मेलबर्नको लागि अर्जुन नाइरले सर्वाधिक २६ रन बनाए । जइ लामिरले १८, ह्यारी डिक्सनले १६ तथा ओली पाइकले १४ रनको योगदान गरेका थिए ।

ADVERTISEMENT

नेपालका लागि कुशल मल्लले २९, कप्तान दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७, रुपेशकुमार सिंहले अविजित १६ र आरिफ शेखले १२ रन बनाए । मेलबर्नका लागि फर्गुस ओ निल, क्यालम स्टो, लाचलान ब्याङ्ग्स र माइकल आर्चरले समान दुई विकेट लिए ।

अब नेपालले अन्तिम खेल शुक्रबार पाकिस्तान साइनसँग प्रतिस्पर्धा गर्नेछ । चौथो खेलमा नेपालले होबर्ट हुरिक्यान्सविरुद्ध ६६ रनको जित निकालेको थियो । नेपालले त्यसअघि नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनको हार व्यहोरेको थियो ।