काठमाडौं । भारतको दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि कुटपिट भएको छ । मुख्यमन्त्री निवासमा सार्वजनिक सुनुवाइ चलिरहेका बेला गुप्तालाई गुजरातका राजेशभाइ खिमजीले थप्पड हानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले गुप्तामाथि आक्रमण गर्ने राजेशलाई हिरासतमा लिएको छ। दिल्ली भाजपाका प्रवक्ता प्रवीण शंकर कपूरले भने, ‘एक ३५ वर्षीय व्यक्ति सार्वजनिक सुनुवाइमा आए। उनले मुख्यमन्त्रीलाई केही कागजात दिए। त्यसपछि केही झगडा भयो। उनले आक्रमण गर्ने प्रयास गरे। यो हताश भएको कुनै पनि पार्टीको काम हुन सक्छ।’

ADVERTISEMENT

मख्यमन्त्री गुप्तालाई थप्पड हान्ने व्यक्ति यसअघि पनि पक्राउ परेको बताइएको छ । रेखा गुप्ता २० फेब्रुअरी २०२५ मा दिल्लीको मुख्यमन्त्री बनेकी हुन्। दिल्ली विधानसभा चुनावमा उनले आपकी वन्दना कुमारीलाई २९ हजार ५९५ मतले पराजित गरेकी थिइन्।

ADVERTISEMENT